Print

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य मन्त्री गिरीलाई भने – ‘सुबिधा बढाइदिनु पर्यो’

१३ माघ, पर्वत । गृह जिल्ला पर्वतका बिभिन्न कार्यक्रममा सहभागी स्वास्थ्य मन्त्री पदम गिरीसंग महिला स्वास्थ्य स्वयंसेवीकाले आफूहरुले पाउदै आएको सुबिधा बढाइदिन माग गरेका छन् ।

स्वास्थ्य मन्त्री गिरीलाई भेटेर स्वयं सेविकाहरुले आफूहरुले पाउने सुविधा निकै कम भएको भन्दै सेवा बृद्धिको माग गरेका हुन् । ग्रामीण क्षेत्रमा स्वयं सेविकाहरु जनताको घर दैलोमा पुगेर स्वास्थ्य सचेतना जगाउँदै आएका छन्।

स्वयमसेविकाहरुले प्रसुति सेवा तथा खोपको तर्फ तथ्याङ्क अभिलेखीकरणमा सहयोग पुराउदै आएका छन् । स्वयं सेविकाहरुको गुनासो सुने पछि स्वास्थ्य मन्त्री गिरीले यस अघि पनि स्वयं सेविकाहरुको बिषयमा संसदमा विषय उठाएपछि सुविधामा दोब्बर बृद्धि भएको बताए ।

मन्त्री गिरीले आफु मन्त्री भएपछि यो बिषयमा थप गम्भीर भएको‌ भन्दै स्वयं सेविकाहरुको स्वास्थ्य क्षेत्रको योगदान कदर योग्य भएको बताए । देशका सबै जसो वडाहरूमा महिला स्वास्थ्य स्वयं सेविकाहरु छन् ।