Print

रित्तिएका बस्तिहरु भरिभराउ गर्न स्वास्थ्य र शिक्षामा सुधार हुनुपर्छ : उमेद्वार गिरी

३० कार्तिक, पर्वत । प्रतिनिधि सभाका उमेद्वार पदम गिरीले गाउँघरमा रित्तिदै गएका बस्तीहरुलाई भरिभराउ गर्न शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्ने बताएका छन्। निर्वाचनको प्रचार प्रसारका लागि मोदी गाउँ पालिकाको भुकदेउरालीमा पुगेका एमाले उम्मेदवार गिरीले गाउँमा नै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्न आवश्यक रहेको बताए ।

 

५ बर्ष अघि कालोपत्रे सडक आफ्नो मुख्य एजेण्डा भएको बताउदै अब कालोपत्रे सडक पुगेका गाउँहरुमा शिक्षा र स्वास्थ्य मा सुधार गर्नुपर्ने गिरीले‌ वताए ।

 

विद्यालयहरुमा‌ भबन वनेको छन । गिरीले‌ भने -“अब विद्यालयमा शिक्षा गुणस्तरीय बनाउनुपर्छ” उनले अंग्रेजी माध्यमबाट पढाइ शुरु गरि गाउँका‌ विद्यालयमा‌ नै आफ्नो बालबालिका पढ्ने वातावरण मिलाउन स्थानीय तह , प्रदेश तथा संघ सरकारले भूमिका खेल्नुपर्ने बताए ।

 

स्वास्थ्य सेवाका लागि पालिकाहरुमा‌ अस्पताल बनिरहेको र स्वास्थ्य चौकीहरुका भवन बनिसकेका कारण अब बिशेषग्य सेवा प्राप्त हुने ब्यबस्था मिलाउने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए ।

 

कार्यक्रममा प्रदेश उमेद्वार भक्त कुवँरले मोदी गाउँपालिकालाइ उत्कृष्ट पालिका बनाउने र पूर्वाधार निर्माणका कामहरु ब्यापक‌ बनाउने प्रतिबद्धता व्यक्त गरे

।‌ उनले पर्वत जिल्लालाई प्रदेश कै नमुना बनाउने गरि प्रदेश सरकारमा‌ आफुले भूमिका निर्वाह गर्ने‌ बताए ।

 

१८ बर्ष सांसद बनेर पनि जिल्लाको विकासका लागि केही नगरेका उमेद्वार बनेर पुन: जनतासँग मत मागिरहेको कुवँर को भनाई थियो ।

 

एमालेका उमेद्वारहरुले आज भुकदेउराली, देउराली, र देउपुरमा घरदैलो अभियान सञ्चालन गरेको थियो। यसैगरी गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार अर्जुन जोशि र प्रदेश सभाका उमेद्वार सुदिप कुँवरले माझफाँटको बगरफाँटमा चुनावी अभियान सञ्चालन गरेका छन् ।