१९ असोज, पर्वत । अविरल बर्षातका कारण पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्गर्तत पोखरा–कुश्मा सडकको चुवा खण्ड सुचारु भएको । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार विहादै देखि गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सुचारु भएको हो ।
सडक सुचारु भए पनि बाढि र पहिरो आउने क्रम नरोकिएका कारण अझै पनि ढुक्क हुने गरी सडक सञ्चालन भईरहेको छैन् ।
बर्षात भईरहेका कारण पहिरो आउने क्रम रोकिएको छैन् । पहिरोका कारण अलपत्र परेका दुई तर्फी सवारीहरु अहिले भने आफ्नो गन्तब्यमा गएको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बर्षात जारी भएका कारण उक्त क्षेत्रमा जुनसुकै बेलामा पनि थप पहिरो आएर सडक अवरुद्ध हुनसक्ने भएका कारण सडकमा यात्रा गर्दा सर्तकता अपनाउन प्रहरीले आब्हान गरेको छ ।




