Print

बर्षात रोकिएन्, नदीखोलामा उच्च वहाव

२० असोज, पर्वत । विगत ३ दिन देखिको अविरल बर्षात अझै रोकिएको छैन् । बेमौसमी बर्षातका कारण पर्वत जिल्लाका सवै नदीनालामा वहाब उच्च भएको छ ।

नेपालीहरुका महान पर्व वडा दशैको अघिल्लो दिन देखि परेको बर्षात दशैंमा टिका लगाउन हिड्नेहरुको यात्र समेत कष्ट कर बनेको छ । अविरल बर्षातका कारण जिल्लाका धेरै सडकहरुमा सवारी साधन चल्न सक्ने अवस्थामा छैनन् ।

मुख्य राजमार्गमा समेत पहिरोले पटक पटक अवरोध गरीरहेको छ । बर्षात कारण कतिपय ग्रामीण क्षेत्रमा पहिरोको उच्च जोखिम बढाएको छ ।

हालसम्म पहिरोका कारण क्षति भएको जानकारी प्राप्त नभए पनि सुरक्षा नियकाले भने सम्भावित पहिरो ग्रस्त स्थान र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । विहिबार विहानसम्म पनि बर्षात रोकिएको छैन् ।

अपडेट : पहिरोले अवरुद्ध चुवा खण्ड खुल्यो, पहिरोको जोखिम अझै पनि