Print

पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–कुश्मा सडकको चुवा खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

१९ असोज, पर्वत । अविरल बर्षातका कारण मध्यपहाडी लोकमार्ग अन्गर्तत पोखरा–कुश्मा सडक खण्ड अवरुद्ध बनेको छ । गत राती देखि परेको अविरल बर्षातका कारण चुवाको तमादी खोलामा आएको बाढि तथा पहिरोका कारण सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधवार विहानै देखि अवरुद्ध बनेको सडकलाई खुलाउनका लागि प्रयास भइरहे पछि बर्षात कारण निरन्तर पहिरो झर्ने क्रम नरोकिएको स्थानीयबासीले बताएका छन् । पहिरोका कारण कुश्मा देखि पोखरा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।

पहिरोका कारण दशैको टिका लगाउन हिडेका यात्रुहरु अलपत्र परेका छन् । पहिरो हटाउने प्रयास भइरहेका कारण केहि समयमा पहिरो खुल्ने प्रहरी कार्यालयले जनाएको छ ।