Print

४ बर्षमा पर्वतमा बने १४ वटा मोटरेवल पुल

८ असोज, पर्वत । विगत ४ बर्षमा पर्वत जिल्लामा १४ वटा मोटरेवल पुलहरु निर्माण सम्पन्न भएका छन् । देश संघीय संरचनामा गएपछि जिल्लामा सडक र पुल सञ्जालमा उल्लेख्य प्रगति भएको हो ।

विगत ४ बर्षको अवधिमा जिल्लामा १४ मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ भने बाँकी ४ वटा पुलहरु निर्माणधिन अवस्थामा छन् । केहि पुलहरुको डिपिआर तयार भई निर्माण प्रक्रिया शुरु हुने अवस्थामा छन् ।

हालसम्म निर्माण सम्पन्न भएका पुलहरु मध्ये मोदीवेनीमा मोदीखोला मोटरेवल पुल, सेतीखोला मोटरेवल पुल, रतीखोला मोटरेवल पुल, आम्बोटे खोला मोटरेवल पुल, रिठेखोला मोटरेवल पुल, सेराखोला मोटरेवल पुल, गेडीखोला मोटरेवल पुल, मर्दिखोला मोटरेवल पुल, सिब्दीखोला मोटरेवल पुल, लमायखोला मोटरेवल पुल, भुरुङदीखोला मोटरेवल पुल, र्चिदीखोला मोटरेवल पुल, जहरेखोला मोटरेवल पुल तथा नयाँपुलमा कास्की र पर्वत जोड्ने मोदीखोला मोटरेवल पुल रहेका छन् ।