Print

उमेदवारको नाम सिफारिस गर्न आज एमालेको जिल्ला कमिटि वैठक बस्दै

२० भदौ, पर्वत । नेकपा एमाले पर्वत जिल्ला कमिटिको वैठक आज बस्दैछ । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गर्न एमाले पर्वतको वैठक बस्न लागेको हो ।

वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पर्वत जिल्लाबाट आकाक्षीहरुको नामावली पठाउने छ । पर्वत सदरमुका कुश्मा बजारमा आयोजना गरिएको वैठकले निर्वाचन लक्षित विशेष कार्य योजना समेत बनाउने एमाले श्रोतले बताएको छ ।

एमालेले यस अघि प्रदेश सभा निर्वाचनका लागि उमेदवारहरुको नामावली आइतबार नै संकलन गरीरहेको छ । प्रदेश समन्वय कमिटिहरुको वैठक मार्फत उमेदवारहरुको नामावली संकलन गरेको एमालेले जिल्ला कमिटिको वैठकबाट प्रदेश सभा र प्रतिनिधि सभामा उमेदवारको नामावली आज नै सिफारीस गर्नेछ ।

एमालेले जिल्ला कमिटिबाट पठाएका नामावली प्रदेश कमिटि हुँदै केन्द्रिय कमिटिमा सिफारिस हुनेछन् । यस अघि नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत जिल्ला कमिटिहरुको वैठक मार्फत उमेदवारहरुको नामावली संकलन गरी प्रदेश कमिटिहरुमा पठाईसकेका छन् ।