Print

चौतारी सञ्चार सहकारीले कर्जा भुक्तानी नगर्नेको विवरण सार्वजनिक गर्ने (सुचना सहित)

२३ भदौ, पर्वत । जिल्लामा क्रियाशिल पत्रकारहरुको अगुवाईमा सञ्चालीत चौतारी सञ्चार सहकारीको शेयर सदस्यको भेला सम्पन्न भएको छ । भेलाले आगामी साधारण सभा अघि भाका नाघेका ऋणीहरुले कर्जा रकम भुक्तानी गर्न अन्तिम पटक १५ दिने स्ुचना सार्वजनिक गरेको छ ।

सहकारीबाट ऋण लगेका ऋणीहरुले तोकिएको समयमा रकम भुक्तानी नगरे उनीहरुको ३ पुस्ते सहितको विवरण सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिने अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

सहकारीबाट कर्जा लैजाने तर लामो समयसम्म पनि कर्जा रकम भुक्तानी नगर्ने ऋणीहरुलाई सहकारीले अन्तिम पटक ताकेता गरेको हो ।

सहकारीले ऋण असुलका लागि थप आन्तरीक निर्णयहरु समेत गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।