Print

माओवादी केन्द्र पर्वतले गर्यो संघ र प्रदेशका उमेदवारको नाम सिफारिस (नामावली सहित)

१७ भदौ, पर्वत । नेकपा माओवादी केन्द्र पर्वतले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गरेको छ ।

माओवादीको जिल्ला समन्वय समितिको वैठकले आगामी निर्वाचनका लागि प्रदेश सभा र प्रतिनिधि सभाका लागि उमेदवारहरुको नामावली सिफारिस गरेको कुश्मा नगर कमिटि अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

माओवादीको जिल्ला वैठकले प्रतिनिधि सभामा गुप्त हमाल, नेत्रनाथ अधिकारी, गुणाखर बस्याल, जयनारायण तिवारी र गंगा तिमिल्सीनाको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा क तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लिला दवाडी, मिनराज केसी, विजय सापकोटाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा ख तर्फ सविन गुरुङ, उमाकान्त भुर्तेल, गगन थापा, रिसिराम भुषाल र प्रेम रानाको नाम सिफारिस गरेको छ ।