Print

पर्वतबाट प्रदेश सभा “ख” मा उमेदवार बन्न कांग्रेसका १७ जना आकांक्षी (नामावली सहित)

१६ भदौ, पर्वत । नेपाली कांग्रेसको तर्फबाट आगामी प्रदेश सभा निर्वाचनमा उमेदवार बन्न पर्वत क्षेत्र न २ बाट १७ जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
प्रदेश स्तरीय क्षत्रिय कमिटिको वैठकमा १७ जनाले प्रदेश सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि उमेदवार बन्नका लागि नामावली प्रस्तु गरेका छन् ।

आफ्नो उमेदवारी प्रस्तुत गर्नेहरुमा खगेन्द्र तिवारी, खिमप्रसाद भुषाल, नवराज गुरुङ लगाएतका नेताहरु छन् ।

हुवासमा सम्पन्न भेलामा कृष्ण गुरुङ, गिरीजा प्रसाद तिवारी, गंगाराज शर्मा पौडेल, जीवन बहादुर क्षेत्री, तिलक प्रसाद भुषाल, पंकज कुमार क्षेत्री, मिलन सुवेदी, मुना भुषाल, मोहन बहादुर गुरुङ, भिबहादुर गुरुङ, राजेन्द्रप्रसाद तिवारी, राजेश हमाल, शिवप्रसाद सुवेदी र शैलेन्द्र शर्मा गौडेलले प्रत्यक्ष निर्वाचनका लागिआकांक्षा ब्यक्त गरेको क्षत्रीय सचिव छविलाल तिवारीले जानकारी दिए ।

यसैगरी समानुपातिक तर्फ १९ जनाले आकांक्षा ब्यक्त गरेका छन् ।