Print

पर्वतमा १४७ विद्यालयहरुमा पुर्ननिर्माण सम्पन्न

१४ साउन, पर्वत । पर्वत जिल्लामा भुकम्पले भत्काएकाले १सय ४७ वटा विद्यालयहरुको पुर्ननिर्माण सम्पन्न भएको छ । २०७२ सालको भुकम्पले भत्केका विद्यालयहरु मध्ये १ सय ४७ वटा विद्यालयहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत सरकारले भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुर्ननिर्माणको कामलाई अघि बढाएको थियो । जस मध्ये १ सय ५४ वटा विद्यालयहरुमा भवन निर्माणको सम्झौता भएको थियो ।

भवन निर्माणको लागि २ कोठे, ४ कोठे र ६ कोठे गरी विभिन्न संरचनामा भवनहरु निर्माण गरिएका हुन् । सम्झौता भएका मध्ये ७ वटा विद्यालयहरुको भवनको निर्माण कार्य चालू अवस्थामा रहेको जिल्ला शिक्षा ईकाई पर्वतका इन्जिनियर सक्षम शर्माले जानकारी दिए ।

अर्थ वीट साप्ताहिकमा खबर छ