Print

पत्रकारको विरुद्ध भ्रमछर्ने विरुद्ध कानुनी उपचार खोजिने पत्रकार महासंघको चेतावनी (विज्ञप्ति सहित)

१७ साउन, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकार र पत्रकारिताको विरुद्ध भ्रमछर्ने विरुद्ध न्यायिक निकायले शुक्ष्म तरिकाले अध्ययन गर्न आग्रह गरेको छ ।

शाखाका जिल्ला अध्यक्ष सन्तोष थापाद्धारा जारी विज्ञप्तिमा पत्रकारिता क्षेत्रको विरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिब्यक्ति दिएर चरित्र हत्या गर्नेहरुलाई सचेत तुल्याउँदै यस्ता क्रियाकलापले चौथो अंक प्रतिको सम्मानमा आँच पुग्नेकुरा उल्लेख गरिएको छ ।

महासंघद्धारा विज्ञप्तिमा भनिएको छ –‘पछिल्लो समय पर्वतको सिंगो सञ्चार माध्यमको गरिमा र पत्रकारहरूको व्यक्तिगत आत्मसम्मानमा आँच आउने गरी केही व्यक्तिहरुबाट सामाजिक सञ्जालमा अभिव्यक्त विचारहरूप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानकर्षण भएको छ ।’

विज्ञप्ति