१७ साउन, पर्वत । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अर्जुन जोशीले सामाजिक सञ्जालमा आफू निकै सक्रिय रहेको बताएका छन् ।
कुश्मा बजारमा आयोजीत पर्वत पत्र साप्ताहिक पत्रिकाको विमोचन गर्दै नेता जोशीले आफू फुर्सदमा रहेको हुँदा सामाजिक सञ्जाल फेसवुकका सवै स्टाटस, लाइक र कमेन्टहरु पढ्ने र हेर्ने गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालबाट पनि धेरै कुराहरु थाहा हुने भएको भन्दै त्यसको प्रयोगमा आफ्नो रुचि रहेको उल्लेख गरेका छन् । जोशीले कार्यक्रममा बोल्दै पत्रकारिताले देखाउने बाटोले नै देशको विकास हुने कुरा उल्लेख गरे ।
खरबदारी गर्ने जिम्मेवार निकाय पत्रकारिता क्षेत्र भएकाले यसको मर्यादा र सिमय भित्र सवैजना रहनुपर्ने उनको भनाई थियो ।
अर्थ वीट साप्ताहिकमा खबर छ