Print

जलजलाले शुरु गर्यो दुध उत्पादनमा अनुदान

१७ साउन, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले कृषि क्षेत्रमा राहत कार्यक्रमको घोषणा गरेको छ । चालु आर्थिक बर्षमा कृषि र शिक्षा क्षेत्रमा उल्लेख्य सुधारका प्रयास गर्ने गरी बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको जलजला गाउँपालिकाले विषयगत समितिहरुको वैठकबाट कृषि र शिक्षा क्षेत्रमा उल्लेख्य सुधारका प्रयासहरु गर्ने गरी आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार चालु आर्थिक बर्ष देखि पशुपालक कृषकले दुध जग्य उत्पादनमा अनुदान पाउने भएका छन् । यस अघि फलेवास, महाशिला र मोदी गाउँपालिकाले समेत शुरुवा गरेको उत्पादनमा अनुदान कार्यक्रमलाई जलजलाले पनि निरन्तरता दिने भएको हो ।

चालु आर्थिक बर्ष देखि प्रति लिटर दुधमा ५ रुपैंया अनुदान गाउँपालिकाले दिने भएपछि पशुपालक कृषकहरुलाई राहत सहयोग मिल्ने भएको छ ।

अर्थ वीट साप्ताहिकमा खबर छ