Print

पर्वतका स्थानीय तहमा १४ करोड बेरुजु

१० साउन, पर्वत । जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये कुश्मा नगरपालिका र पैयू गाउँपालिकामा सवै भन्दा धेरै रकम बेरुजु देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ को बार्षिक पुस्तिकामा कुश्मा नगरपालिका र पैयू गाउँपालिका बेरुजु धेरै हुने पर्वत जिल्लाका स्थानीय तहहरु परेका छन् ।

सवै भन्दा कम बेरुजु भने जलजला गाउँपालिका परेको छ । जिल्लामा ७ पालिकाको कुल १४ करोड रकम बेरुजु देखिएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परिक्षकले राष्टूपतिलाई हस्तान्तरण गरेको प्रतिवेदनमा कुश्मा नगरपालिकाको कुल लेखापरिक्षण गरिएको रकम मध्ये ५ करोड ५२ लाख २२ हजार रुपैंया बेरुजु देखिएको कुरा उल्लेख छ ।

यो रकम कुल लेखापरिक्षण गरिएको रकमको ३ दशमलब ०९ प्रतिशत हो ।

यसैगरी पैयू गाउँपालिकामा कुल लेखापरिक्षण गरिएको रकम मध्ये २ करोड २४ लाख ८७ हजार रुपैंया रकम बेरुजु देखिएको छ । यो रकम कुल पनि कुल लेखापरिक्षण गरिएको रकमको ३ दशमलब ०९ प्रतिशत रकम हो ।

दुई स्थानीय तह बाहेक सवै भन्दा थोरै रकम बेरुजु देखिने स्थानीय तहमा जलजला गाउँपालिका रहेको छ । उक्त गाउँपालिकामा ८० लाख ९२ हजार रुपैंया मात्र बेरुजु देखिएको छ । उक्त रकम कुल लेखापरिक्षण गरिएको रकमको ० दशमलब ९३ प्रतिशत मात्र हो ।

अरु स्थानीय तहहरुमा समेत बेरुजुको रकम ठूलो देखिएको छ । कुल लेखापरिक्षण गरिएको रकमको २ दशमलब ६१ प्रतिशत रकम बेरुजु मोदी गाउँपालिकामा छ । मोदी गाउँपालिकामा लेखापरिक्षण गरिएको रकमको कुल ३ करोड १० लाख ७७ हजार रुर्पैैया बेरुजु देखिएको हो ।

उत्ता जिल्लाका अर्को नगरपालिका फलेवास नगरपालिकामा १ दशमलब ५३ प्रतिशत रकम बेरुजु देखिएको छ । यस स्थानीय तहमा कुल लेखापरिक्षण रकमको कुल रकम २ करोड ४९ लाख ४३ हजार रुपैंया बेरुजु देखिएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको महाशिला गाउँपालिकामा १ दशमलब २३ प्रतिशत रकम बेरुजु देखिएकोछ । यो गाउँपालिकामा कुल ९७ लाख ३० हजार रुपैंया बेरुजु देखिएको हो ।
जिल्लाको विहादी गाउँपालिकामा आव २०७७/०७८ मा कुल १ करोड ९० लाख ५७ हजार रुपैया बेरुजु देखिएको छ ।

यस गाउँपालिकामा कुल रकमको २ दशलमब ६० प्रतिशत रकम बेरुजु देखिएको छ ।

अर्थ वीट साप्ताहिकमा खबर छ