Print

कुश्मा–बुटवल वितरण लाईन निर्माणमा फलेवासका स्थानीयको विरोध

१० साउन, पर्वत । विद्युत वितरण लाईन सम्बन्धि काम भईरहेको पर्वतको फलेवासमा स्थानीयबासीले त्यसको विरोध गरेका छन् । कुश्मा देखि बुटवलसम्मको विद्युत वितरणको राष्ट्रिय आयोजनाको निर्माण कार्यमा स्थानीयको विरोध पछि काम रोकिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ देवीस्थानको ठूलो क्षेत्रफल प्रसारण लाइनले प्रभावित पार्ने भएपछि क्षेत्र परिवर्तन गर्न माग गरिएको नगरप्रमुख गंगाधर तिवारीले बताए । पर्वतको फलेवास नगरपालिकाले अहिले बनाउन थालिएको स्थानभन्दा दायाँ वा बायाँ परिवर्तन गर्न माग गर्दै प्रसारण आयोजनाको काम अवरोध गरेको हो ।

फलेवास रंगशालाको बीचमा भागाम पर्ने गरी २२० केभीको लाइनका टावर निर्माण गर्न लागेपछि फलेवास ६ देवीस्थानवासीले त्यसको विरोध गरेका हुन् । आयोजनाका तीन वटा टावर निर्माण गर्दा रंगशाला, निर्माणाधीन फलेवास बसपार्क र दुई वटा सामुदायिक विद्यालयमा समेत असर पर्ने भएकाले वैकल्पिक क्षेत्रबाट लाइन निर्माण गर्न स्थानीयबासीले माग गरेपछि फलेवास नगरपालिकाले समेत उक्त माग आयोजना सामू राखेको छ ।

अर्थ वीट साप्ताहिकमा खबर छ