७ साउन, पर्वत । पर्वत मुस्लिम सेवा समितिद्धारा पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीलाई सम्मान गरेको छ । मुस्लिमहरुको पर्व बकर इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा अध्यक्ष गिरीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
जिल्ला अस्पताल पर्वतको अध्यक्ष भएर गुणस्तरीय उपचार सेवाका साथै गरिब, असहाय, विपन्न तथा समुदायवाट बञ्चितिमा परेका वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै गिरीलाई सम्मान गरिएको मुस्लिम सेवा समितिले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गिरीले समस्त मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै अस्पतालको गुणस्तर सुधार र बृद्धिका लागि सवै जनाको सहयोग हुनुपर्ने धारणा राखे ।
कम जनशक्तिका बाबाजुद पनि गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अस्पताल प्रतिबद्ध भए पनि जनशक्तिको अभावका कारण कतिपय समस्याहरु अझै पनि अस्पतालमा रहेको गिरीले उल्लेख गरे । गिरीले मुस्लिम समुदायका समस्याहरु समाधानमा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले मुस्लिमहरुको पाठशाला मदरसा संचालनमा भएको कठिनाईलाई समाधान गर्न सम्वन्धित निकायमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरे ।
पर्वत मुस्लिम सेवा समितिका अध्यक्ष जलालुदिन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अस्कर अलिले गरेका थिए ।




