६ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिकाको कार्यपालिका वैठकमा विवाद भएको छ । गाउँपालिकाका केहि सदस्यहरुले मनोमानि ढङगले निर्णय पुस्तीकामा निर्णय गरेको भन्दै एक तिहाई बढि सदस्यहरुले त्यसको विरोध गरेका छन् । उता, निर्णय गर्ने सदस्यहरुले भने बहुमत सदस्यहरुले निर्णय पुस्तिका नै नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।
जलजला गाउँपालिकाको विषयगत समिति गठनको विषयमा विवाद भएको हो । गाउँपालिकाका अध्यक्ष राजु आचार्यले नेकपा एमालेका दुई तिहाई सदस्यहरुलाई जिम्मेवारी नदिने गरी निर्णय पुस्तीका तयार गरेको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले निर्णय पुस्तीका नियन्त्रणमा लिएका थिए । अध्यक्ष आचार्यले समन्वय नगरी, निर्णय गरेको भन्दै १७ मध्ये ११ कार्यपालिका सदस्यहरुले त्यसको विरोध गरेका छन् ।
कुल १७ कार्यपालिका सदस्य रहेको जलजला गाउँपालिकामा नेकपा एमालेका ११ र गठबन्धनको तर्फबाट ६ जनाको कार्यपालिकामा प्रतिनिधित्व छ । अध्यक्ष आचार्यले विषयगत समितिको जिम्मेवारी तोक्दा आफू निकट कार्यपालिका सदस्यलाई मात्र तोकेको भन्दै एमालेका जनप्रतिनिधिहरुले त्यसको विरोध गरेका हुन् ।

कांग्रेस र माओवादीको तर्फबाट अध्यक्ष र उपाध्यक्ष , ४ वडाअध्यक्ष मात्र कार्यपालिकामा छन् । ४ वडा सवैलाई जिम्मेवारी दिने तर एमालेका ११ कार्यपालिका सदस्यलाई बाहिर राख्ने निर्णयको विरुद्ध जनप्रतिनिधिहरुले विरोध गरेका हु्न् ।
यस वीचमा गाउँपालिकाका प्रवक्ता भन्दै वडाअध्यक्ष समेत रहेका हरीविकास जिसीले एउटा विज्ञप्ति सार्वजनिक गरेर निर्णय पुस्तीका नियन्त्रणमा लिनु गैर कानून रहेको उल्लेख गरेका थिए । उता, बहुमत सदस्यहरुले भने प्रवक्ता भनेर कहि कतै निर्णय नभएको अनाधिकृत ब्यक्तिले गाउँपालिकाको लेडरप्याड प्रयोग गरी विज्ञप्ति निकाल्नु गैर कानूनी भएको उल्लेख गरेका छन् ।
पर्वतका ७ स्थानीय तहका कार्यपालिकामा एमालेको बहुमत : निर्णय प्रक्रियामा के भूमिका हुन्छ ?
गाउँपालिकाको बजेट तयार गर्ने तथा नीति र कार्यक्रम तयार गर्ने बेलामा कार्यपालिका भित्रको विवाद छताछुल्ल भएको हो । यस अघि नेपाली कांग्रेसको एकल बहुमत रहेको उक्त पालिकामा माओवादीसंग कांग्रेसले गठबन्धन गरेर निर्वाचन लडे पछि एमालेको दुई तिहाई नजिकको बहुमत पुगेको छ । यस अघि एकल बहुमत भएको हुँदा सहज ढङगले सञ्चालन भएको जलजला गाउँपालिकामा अव भने शक्ति सन्तुलन विग्रेका कारण विवाद शुरु भएको हो ।
एमाले पर्वतमा विजयको श्रृंखला : पैयू, विहादी र जलजलामा कार्यपालिकाको सिंगो टिम विजयी
गाउँपालिकाका संस्थापक अध्यक्ष यामबहादुर मल्लले सहमती, सहकार्य र एकताका साथ गाउँपालिका सञ्चालनमा सवैले सहयोग गर्न आग्रह गरेका छन् । उता, एमालेका गाउँकमिटि अध्यक्ष लालबहादुर अधिकारीले भने बलमिचाई गरेर निर्णय गर्नु गाउँपालिकाको लागि प्रतिपादक हुने टिप्पणी गरेका छन् ।
अध्यक्ष आचार्यले भने सवै पक्षलाई समेटेर गाउँपालिका अघि बढ्ने गरी सम्बाद भईरहेको जनाएका छन् ।




