Print

पर्वत र आसपासका जिल्लामा भुकम्पको धम्का

९ असार, पर्वत । विहिवार एकाविहानै पर्वत जिल्लामा भुकम्पको धम्का महशुस गरिएको छ । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको हो । पर्वत जिल्ला र यस आसपासका जिल्लाहरु कास्की, म्याग्दी र बागलुङमा समेत भुकम्पको धम्का महशुस गरिएको छ । भुकम्पको धम्का महशुस गरेका सदरमुकाम कुश्मा बजारका कतिपय स्थानीयतहरु घर बाहिर निस्किएका थिए ।

भुकम्प मापन एजेन्सीका अनुसार कास्की जिल्लाको लुम्ले क्षेत्रमा केन्द्रविन्दु बनाएर भुकम्प गएको हो ।

लुम्ले क्षेत्रमा गएको उक्त भुकम्पको मापन ४ दशमलब ६ रेक्टर गरिएको छ । भुकम्पका कारण भएको क्षतिको विवरण भने प्राप्त भएको छैन् ।