४ असार, पर्वत । जिल्लामा कुल १ सय१३ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ । वितेको ५ बर्षमा पर्वत जिल्लाले यति ठूलो उपलिब्ध हासिल गरेको हो । देशको चौथो सानो जिल्लामा वितेको ५ बर्षमा यति धेरै ग्रामीण सडक कालोपत्रे भएका हुन् । पछिल्लो समय जिल्लाका अधिकांश सडकहरु स्तरोउन्नतीको चरणमा रहेका छन् । ग्रामीण क्षेत्रको विकासमा यहाँका जनप्रतिनिधिहरुको इच्छा शक्ति पछिल्लो दिनमा उल्लेखनीय देखिन्छ । जिल्लाका ग्रामीण क्षेत्रलाई सुगम बनाउनका लागि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गरेको स्पष्ट देखिन्छ । जिल्लामा ग्रामीण सडक सञ्जाल ३ दशक अघि देखि नै शुरु भएको थियो । वितेका ३ दशकमा स्तरोउन्नती नभएका ति सडकहरु ५ बर्षमा उल्लेखनीय रुपमा परिर्वतन भएका छन् ।
जिल्लामा सडक सञ्जालसंगै मोटरेवल पुलको पनि उल्लेखनीय विकास भएको छ । जिल्लामा कुल १२ वटा मोटरेवल पुलको निर्माण कार्य सकिएको छ । ति पुलहरु अहिले सञ्चालनमा छन् । विभिन्न नदी नालाहरुमा पुल निर्माणले यो अवधिमा तिव्रता पाएको हो ।
जिल्लामा यो अवधिमा २ वटा ठूला आयोजना कार्यालयहरु मार्फत सडक पूर्वाधार निर्माणको काम भएका छन् । ग्रामीण सडक सञ्जल सुधार आयोजना र जिल्ला आयोजना कार्यालय भुकम्प मार्फत आयोजना गत कामहरु सम्पनन्न भएका छन् । उता, लोकमार्गहरु तर्फ मध्यपहाडी लोकमार्गको कार्यालय र कालीगण्डकी करिडोर आयोजना कार्यालय मार्फत पनि जिल्लामा सडक सञ्जाल सुधारका कामहरु यो अवधिमा सम्पन्न भएका छन् । जिल्लामा मुख्य गरी पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय मार्फत पनि सडक कालोपत्रे बनाउने, सडक स्तरोउन्नती गरी विकास र विस्तार गर्ने कामहरु सम्पन्न भएका छन् ।
पर्वत जिल्ला विकासको हिसावले अरु जिल्लाको तुलनामा तिव्र गति अघि बढेको तथ्यांकले बताउँछ । देशमा संघीयताको विकास भएपछिको पहिलो संघ तथा प्रदेशको निर्वाचनमा जनप्रतिनिधिहरुले जिल्लाका ग्रामीण सडकमा साइकल चढ्न मिल्ने बनाउने उद्घोण गरे बमोजीम यो अवधिमा सडक सञ्जालमा उल्लेखनीय सुधारका कामहरु भएकाछन् ।
कालोपत्रे सम्पन्न बाहेक अझै झण्डै २ सय किलोमिटर सडकका मुख्य सञ्जाल सुधारको लागि योजनागत रुपमा अघि बढेको छ । सडक सञ्जाल सुधारका लागि थप ३ सय किलोमिटर सडक कालोपत्रे गर्न आवश्यक रहेको प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीको भनाई छ । जिल्लाका सवै वस्तीलाई सुगम बनाउन र सदरमुकाम तथा अन्य शहरसंग जोड्नका लागि क्रमबन्द रुपमा काम भईरहेको गिरी बताउँछन् ।
५ बर्ष अघि साइकलमा चढ्न मिल्ने सडक बनाउने उद्घोष गरेका गिरीसंग प्रदेशमा निर्वाचित सांसदहरु र राष्ट्रिय सभाका अध्यक्ष समेतले यो अवधिमा सडक सञ्जाल सुधारका आयोजनाहरुमा ध्यान केन्द्रित गरेका थिए । फलस्वरुपः अहिले जिल्लामा पूर्वाधार निर्माणको गति तिव्र छ । पछिल्लो बर्ष भने नयाँ आयोजनाहरुको काम शुरु हुने र पुराना आयोजनाको काम पनि अघि बढ्ने क्रममा भने रोकिएको छ । सरकार परिर्वतनसंगै पुराना आयोजनाहरुको गति रोकिँदा अपेक्षाकृत कामको चाप बढेको छैन् । महंगी र कोरोनाका कारण पनि कतिपय आयोजनाहरुको काम अघि बढ्न नसकेको हो ।
कोरोना र महंगीले काममा ढिलासुस्ती भयो : सांसद गिरी

जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने युवा सांसद पदम गिरीले कोरोना कहर र पछिल्लो समयको मूल्य बृद्धिका कारण अझै धेरै काम बाँकी रहेको बताउँछन् । संघ र प्रदेश सरकारले शुरुवात गरेका अझै सयौ किलोमिटर सडकको कामले गति लिन नसकेको उनको भनाई छ ।
केहि आयोजनाहरुको काम अझै टेण्डरमा लगेर शुरु हुन नसकेको उल्लेख गर्दै उनले अवस्था असामान्य भएका कारण अपेक्षा गरिएका आयोजनाहरु अझै पुरा नभएको उनको भनाई छ । जिल्लाको जलजला गाउँपालिकामा निर्माणधिन मिलन चोक धाइरिङ सडकको काम सकिएको छैन भने लुंखु देखि हुवासम्मको काममा पनि अवरुद्ध छ ।
उता, करिडोर खण्डको सेतीवेणी रानीपानी खण्डको काम पनि समयमा सम्पन्न भएको गिरीले बताए । आरसिआइपि मार्फत कालोपत्रेको लागि तयार गरिएको जलजलाको मिलनचोक शालिजा सडक, पातिचौर बाजुङ सडक, दोविल्ला पकुवा आर्थर सडकको कामले पनि गति लिन सकेको छैन । यी सडकहरुमा बोलपत्र आब्हान हुन नसक्दा सडकको निर्माण कार्य पछि परेका छन् ।
उता, फलेवासको लमायखोला लिमिठाना भंगरा सडक, खानीगाउँ शंकरपोखरी थापाठाना सडकले पनि गति लिन सकेको छैन् । यी सवै सडकहरुको काम सम्पन्न हुँदा जिल्लामा थप ३ सय किलोमिटर ग्रामीण सडकहरु कालोपत्रे हुने गिरीको विश्वास छ ।
पर्वतबाट प्रकाशित हुने आजको अर्थ वीट साप्ताहिकमा खबर छ





