Print

एमालेको चुनावी समिक्षा वडा स्तरमा, कांग्रेसका अन्तरविरोध सामाजिक सञ्जालमा

५ असार, पर्वत । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सकिए लगतै जिल्लाका राजनैतिक दलहरु आन्तरीक समिक्षा जुटेका छन् । जिल्लाका मुख्य गरी ३ वटा राजनैतिक दलहरुले निर्वाचनमा सफलता प्राप्त गरेका छन् । एमाले, कांग्रेस र माओवादी । यी ३ दलहरु आपसमा निर्वाचनको समिक्षा गर्न तर्फ उन्मुख भइरहेका बेला नेकपा एमाले र माओवादी केन्द्र आन्तरीक समिक्षामा जुटेका छन् । निर्वाचनमा प्राप्त गरेको सफलता र असफलताका कारणहरु खोज्नमा कम्युनिष्ट शक्तिहरु जुटिरहेको बेलामा कांग्रेस भित्र भने आन्तरीक किचलो सामाजिक सञ्जालमा पोखिन थालेको छ ।

पाटीका शक्तिशाली नेताहरु नै पाटीको नेतृत्वको आलोचनमा जुटे पछि कांग्रेस नेतृत्वले भने त्यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका जिल्ला प्रबक्ता अच्युत तिवारीले एक प्रेस विज्ञप्ति मार्फत आन्तरीक कुराहरु सामाजिक सञ्जालमा नपोख्न आग्रह गरेका छन् । उनले नेतृत्वको बचाउ गर्दै निर्वाचनमा नेतृत्वले समान ब्यवहार गरेको बताए पनि असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले भने नेतृत्वका कमजोरीका कारण निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको भन्दै आलोचना गरीरहेका छन् ।

निर्वाचनमा गठबन्धन हुँदा त्यसले कांग्रेसको आन्तरीक शक्ति क्षयिकरण भएको असन्तुष्ट नेता, कार्यकर्ताहरुको आरोप छ । उता, एमालेले भने जिल्ला स्तरको समिक्षाको तयारी गर्दै गर्दा वडाहरुमा निर्वाचनका समिक्षा गर्ने, आगामी निर्वाचनमा कार्ययोजना निर्माण गर्ने अभियानमा जुटेको पाटीका प्रचार विभाग प्रमुख बिमल लामिछानले जानकारी दिए । अहिले वडा र पालिका स्तरमा आन्तरीक समिक्षाहरु भएका छन् । पाटी भित्रबाटै अन्तरघात गर्नेहरुलाई कारबाही गर्ने र कमीकमजोरी सुधारको कार्ययोजना वडा स्तरमा तय एमालेमा भईरहेको लामिछानेले जानकारी दिए ।

उता, माओवादी केन्द्रले पनि जिल्ला स्तरीय आन्तरीक समिक्षा गरेको छ । उसले गठबन्धनमा विश्वासको वातावरण नहूँदा आफूहरुको उपस्थिती जिल्लामा कमजोर बनेको निश्कर्ष निकालेको छ ।  अरु साना दलहरुले पनि आन्तरीक समिक्षा गरीरहेको छन् । नेपाली कांग्रेसले पनि वडा, प्रदेश र जिल्ला स्तरका समिक्षाको कार्य योजना बनिरहेको जनाएको छ । आन्तरीक समिक्षाहरु वडाहरुमा भइरहेको र समग्रताको समिक्षाको लागि जिल्ला नेतृत्वले तयारी गरेको कांग्रेस श्रोतको भनाई छ ।

गत निर्वाचनमा जिल्लामा नेकपा एमाले एक्लै निर्वाचन लडेको थियो भने कांग्रेसले माओवादी, एकिकृत समाजवादी, जसपा र जनमोर्चाको साथ लिएर निर्वाचन लडेको थियो । निर्वाचनको अन्तिम परिणाम अनुसार कुल जनप्रतिनिधिहरुको हिसाव र कुल मतभारको हिसावमा नेकपा एमाले नै जिल्लाको पहिलो र ठूलो शक्तिको रुपमा देखिएको छ ।

आजको अर्थ वीट साप्ताहिकमा खबर छ