४ असार, पर्वत । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहित पर्वतका सांसद पदम गिरी र अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल बेलायत प्रस्थान गरेका छन् । प्रवासी नेपाली मञ्ज युकेले आयोजना गरेको एक कार्यक्रमका लागि ३ जना नेताहरु यूके प्रस्थान गरेका हुन् ।

यूकेको सरास रेष्टुरेष्टमा आयोजीत स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागीका लागि नेतात्रय आज साँझ बेलायत प्रस्थान गरेका हुन् । प्रवासी मञ्च यूकेले नेताहरुका वीच समसामयीक विषयमा अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।
बेलायतमा त्यहाँको सरकारले आयोजना गरेको अर्थ सरोकारका विविध गोष्ठिहरुमा नेता त्रय सहभागी हुने कार्यक्रम समेत रहेको । सांसद दाहाल अर्थ समितिका सभापति हुन भने गिरी सोहि संसदीय अर्थ समितिका सदस्य हुन् ।
सोहि अवसरमापर्वतका सांसद गिरीले पर्वतबाट यूकेमय बसोबास गरीरहेका नेपालीहरुसंग बेग्ला बेग्लै भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।




