Print

समन्वय समितिका पदाधिकारीद्धारा पदभार ग्रहण

२ असार, पर्वत । जिल्ला समन्वय समिति पर्वतमा नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका तीन मुख्य राजनीतिक दलहरुको सहमतिमा जिल्ला समन्वय समितिका पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । जसमा प्रमुख सहित चार सदस्य एमालेका, उपप्रमुख सहित २ जना माओवादीका र तीन सदस्य नेपाली काग्रेसका गरी ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरिएको हो ।

नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकलाई मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठी र उपप्रमुख तथा सदस्यहरुलाई समन्वय प्रमुख विष्णुराम विकले सपथ ग्रहण गराएका थिए ।

। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ पछि जिल्ला समन्व्य समितिको कार्यालयमा पुगेर सवै जनाले पदभार ग्रहण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा र जिल्ला समन्वय अधिकारी सुरेश ढकालले टिका र खाँदा लगाएर पदभार ग्रहण गराएका हुन् । समन्वय समितिको प्रमुख पदमा एमालेका विक र माओवादी केन्द्रका सोम जिसी उपप्रमुखमा निर्वाचित भएका हुन् ।