Print

स्थानीय तह निर्वाचन : एमाले नै पर्वतमा पहिलो दल

६ जेठ, पर्वत । स्थानीय तह निर्वाचनमा पर्वत जिल्लामा एमाले पहिलो दल बनेको छ । नेकपा एमालेले जिल्ला भरका कुल जनप्रतिनधि मध्ये सवैभन्दा धेरै जनप्रतिनिधि जितेर जिल्लामा पहिलो दल बनेको हो ।

निर्वाचन आयोगका अनुसार कुल जनप्रतिनिधि मध्ये २०६ जनप्रतिनिधि एमालेले जितेको छ । यसैगरी नेपाली कांग्रेसले भने कुल ८६ जनप्रतिनिधि जितेको छ । पालिका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरुको कुल ३१९ सिट मध्ये माओवादी केन्द्रले भने २२ सिट मात्र जित्न सफल भएको छ । साना दलहरु राप्रपा र समाजवादीले १÷१ जना जनप्रतिनिधि जितेर चित्त बुझाएका छन भने स्वतन्त्रबाट उठेका कुल ३ जना जनप्रनिनिधिहरु पर्वत जिल्लामा विजयी भएका छन् ।

दलगत कुल विजयी संख्याको आधारमा पर्वत जिल्लामा एमाले पहिलो दलको रुपमा स्थापीत भएको छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्रले तेस्रो दलको हैसियत प्राप्त गरेको छ ।

उता, पालिकाहरु तर्फ ५ प्रमुख र २ उपप्रमुख÷उपाध्यक्ष कांग्रेसले जितेको थियो भने एमालेले २ प्रमुख सहित ५ उपप्रमुख÷उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले २ उपप्रमुख÷उपाध्यक्ष जित्न सफल भएको छ ।