५ जेठ, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा स्थानीय तहको निर्वाचनमा विजयी भएका नगरप्रमुख (मेयर) रामचन्द्र जोशी र नगर उपप्रमुख (उपमेयर) स्वस्थानी रिजालको विजय उत्सब मनाइएको छ । नगरप्रमुख जोशी कांग्रेसबाट र उपप्रमुख रिजाल एमालेबाट विजयी भएका हुन् ।
नेपाली कांग्रेस कुश्मा नगर कमिटिको आयोजनामा जिल्ला पाटी कार्यालयबाट शुरुवात भएको रयाली सदरमुकाम कुश्मा बजारका विभिन्न चोकहरुमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई कांग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुन जोशी, जिल्ला सभापति युवराज जोशी र तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले सम्बोधन गरेका थिए । मेयर जोशीले नगरलाई सम्बृद्ध बनाउन आफ्नो दोस्रो कार्यकाल पनि सफल हुने विश्वास ब्यक्त गरे ।
उता, एमाले पाटी कार्यालयमा कुश्मा नगर कमिटिको आयोजनामा निस्केको रयालीले पनि बजार परिक्रमा गरेको थियो । रयालीमा सहभागी सवैलाई नगर कमिटि अध्यक्ष मिनप्रसाद श्रेष्ठले धन्यवाद र विजयी सवैलाई बधाई दिएका थिए ।
कुश्मा नगरपालिकामा बहुमत सदस्यहरु सहित एमाले विजयी भएको छ । एमालेले कुल ५ वडाअध्यक्ष जितेको छ भने कांग्रेस कुुल ९ वडाअध्यक्षहरु सहित नगरप्रमुख पद जितेको छ ।




