Print

‘फलेवासमा अबका जनप्रतिनिधि शित मुनि बैठक बस्नु पर्दैन’–शर्मा

५ जेठ, पर्वत । फलेबास नगरपालिकाका नेकपा एमालेका मेयर पदका उमेदवार पदमपाणी शर्माले पत्रकार सम्मेलन गर्दै अब आउने जनप्रतिनिधि सित मुनि वैठक बस्न नपर्ने बताएका छन् ।

नगरपालिकामा भौतिक संरचनाहरु निर्माण भएको र प्रशासकीय भवन तयार भएको भन्दै अव नगरसभा, नगरकार्यपालिकाकाहरुका वैठक बस्न कुनै समस्या नभएको शर्माले बताएका हुन् ।

शर्माले धुले र कच्ची सडकमा होइन पक्कि सडकमा अबका जनप्रतिनिधि हिड्न पाउने बताए । नगरपालिका संचालन गर्दा दुई जना कर्मचारी मात्र रहेको विगत सम्झदै उनले सांगठनिक रुपमा नगरपालिका बलियो भएको दावी गरे ।

निर्वाचनमा पराजय भएपछि पत्रकार सम्मेलनको आयोजना गरेर शर्माले आफूले विगत राम्रो काम गरे पनि पराजय भोग्नुपरेको बताए । ‘राम्रो काम गरेको फल पाए’ उनले भनेका छन–‘विस्तारा सुतेको बेला निन्द्रामा पनि फलेवासमा भएको परिर्वतन देख्नुहुनेछ ।’

३ पृष्ठको भावुक पत्र बाचन गरेका शर्माले यो अवधिमा नगरपालिकामा उल्लेख विकास निर्माण र सुधारका कामहरु भएको दावी गरेका छन् । भौतिक संरचना, सामाजिक विकास र कृषि तथा वातावरणको क्षेत्रमा आफूले नगरपालिकामा उल्लेखनीय काम गरेको स्मरण गरेका छन् ।

शर्मा नेकपा एमालेको तर्फबाट फलेवास नगरपालिकामा मेयर पदका उमेदवार थिए । शर्मालाई कांग्रेसका गंगाधर तिवारीले निर्वाचनमा हराएका हुन् । शर्माले संस्थापक मेयरको तर्फबाट पत्रकार सम्मेलन गरेर मतदाताहरुलाई धन्यवाद समेत दिएका थिए ।