Print

पर्वतको पैयू र जलजलामा मत गणना शुरु

३१ वैशाख, पर्वत । जिल्लाको २ गाउँपालिकाहरुमा मतगणना शुरु भएको छ । सात पालिका मध्ये जलजला गाउँपालिका र पैयू गाउँपालिकामा मतगणना शुरु भएको हो । प्राप्त मतपरिणाम अनुसार पैयु १ को टकलाकमा गठबन्धनले अग्रता लिएको छ ।

राती देखि नै दुवै गाउँपालिमा मतगणना शुरु भएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।

बाँकी २ नगरपालिका र ३ गाउँपालिकामा भने शनिवार विहान देखि मतगणना शुरु हुँदैछ ।