बैशाख ३०, पर्वत। जिल्ला भरका ७४ वटै मतदान केन्द्रमा मतदान शुरु भएको छ । स्थानीय तहको आज हुदै गरेको निर्वाचनमा सवै मतदान केन्द्रहरुमा शान्तिपूर्वक मतदान प्रक्रिया शुरु भएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले पनि मतदान गरेका छन् । गृह वडा मोदी गाउँपालिका वडा न ७ को को पशुपति मावि केन्द्रबाट तिमिल्सीनाले मतदान गरेका हुन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका थिए ।
आज भईरहेको मतदानमा प्रतिनिधिसभामा पर्वतबाट प्रतिनिधित्व गर्ने सांसदद्वय पदम गिरी र लालकाजी गुरुङले एउटै केन्द्रबाट मतदान गरेका हुन्् ।
देशभर आज स्थानीय तहका प्रतिनिधि छनौटका लागि भैरहेको निर्वाचनमा पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङको काफलचौर मावि केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
प्रतिनिधि सभाको एक क्षेत्र रहेको पर्वतमा गिरी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद ह्ुुन भने गुरुङ कांग्रेसको समानुपातिक सांसद हुन् ।




