Print

पैयू अपेडट : अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेको अग्रता

३१ वैशाख, पर्वत । पैयू गाउँपालिकाको वडा न १ मा जारी मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्ष पदमा एमालेका उमेदवारले अग्रता लिएका छन ।

जम्मा गणना ४०० मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका राज मल्ल ठकुरीले २०३ र एमालेका महेन्द्र श्रेष्ठले १७५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी जानकी प्रधानले १९१ र एमालेकी यामकुमारी रानाले १९२ मत ल्याएकी छिन् ।

मतगणना जारी रहेको छ ।