Print

सवै पालिकामा एमालेको जीत सुनिश्चित छ : एमाले जिल्ला अध्यक्ष पौडेल

२७ वैशाख, पर्वत । नेकपा एमालेका जिल्ला अध्यक्ष राजुप्रसाद पौडेलले नेकपा एमालेले सवै पालिका जित्ने दावी गरेका छन् । फलेवासको कार्किनेटामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष पौडेलले सवै हिसावमा एमाले सवै पालिकामा अघि रहेकाले सवै पालिकामा विजयी हासिल गर्ने दावी गरेका हुन् ।

अध्यक्ष पौडेलेले पर्वतबासीले गठबन्धनमा मतदान नगर्ने दावी गरे । उनले सवै पर्वतबासीले सम्बृद्ध पर्वतको परिकल्पना गरेका कारण एमाले नै त्यो परिकल्पना साकार पार्ने शक्ति भएकाले एमालेले जित्ने दाबी गरे ।

‘यस अघि कांग्रेसले जितेका पालिकाहरु र एमालेले जितेका पालिकाहरुको तुलना गरेका पर्वतबासीले एमाले नै रोज्छन’ अध्यक्ष पौडेलको भनाई छ ।

उनले विकास निर्माणको काममा फलेवास, महाशिला, मोदी र विहादीमा यस अघि भएको उत्कृष्ट कामका मूल्यांकन जनताले गरेको बताए । ‘यस अघि ४ पालिका जितेको एमालेले अव ७ पालिका जित्छ’ अध्यक्ष पौडेलको भनाई छ ।