२७ वैशाख, पर्वत । नेकपा एमालेले मोदी गाउँपालिका वडा न ६ तिलाहारमा चुनावी सभा सम्पन्न गरेको छ । निर्वाचनमा आफ्ना उमेदवाहरुलाई मत माग्नका लागि एमालेले चुनावी सभाको आयोजना गरेको हो । एमालेको तर्फबाट मोदी गाउँपालिकामा अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछाने चुनावी मैदानमा छन् । ८ वडाहरु मध्ये अन्तिम सभाको रुपमा तिलाहारमा एमालेले चुनावी सभाको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले एमालेले मोदीमा जित्न मात्र होइन् भारी मतले जित्ने दावी गरेका छन् । एमाले केन्द्रिय सदस्य कल्पना चापागाईले एमालेको जीतलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गरिन । जनताको सेवा गर्ने पाटीलाई कुनै शक्तिले निर्वाचनमा हराउन नसक्ने उनको दावी थियो ।
अध्यक्ष पदका उमेदवार हिरादेवी शर्माले महिलाहरुको नेतत्वलाई स्थापीत गरी मुक्ति आन्दोलनका लागि पनि एमालेका उमेदवाहरुको जीत सुनिश्चत भएको बताईन् । उनले गठबन्धनको नाउँमा महिला अधिकार हनन् गरिएको भन्दै सम्बृद्ध मोदीको सपना देख्ने सवै जनाले एमालेका उमेदवारलाई मत हाल्ने दावी गरिन् ।
कार्यक्रममा उपाध्यक्ष पदका उमेदवार बिमल लामिछानेले आफू वडा अध्यक्ष हुँदा देखि नै जनताको सेवक बनेर काम गरीरहेको दाबी गरे । आफ्नो गृह वडा समेत रहेको तिलाहारमा सवै जनाको अगाद मायाका कारण आफूले निर्वाचनमा भारी मतान्तरले जित्ने दावी गरे ।
कार्यक्रममा एमाले नेताहरु भक्त कुँवर, प्रेम पौडेल, प्रेम लामिछाने, लोकेन्द्र जंग लामिछाने, सेती महत वडा अध्यक्षका उमेदवार नन्दलाल सुवेदी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।




