Print

सांसद गिरीद्धारा एकै दिन कार्किनेटा, पाङराङ र बाच्छाका ३ वटा चुनावी सभा सम्बोधन

२६ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारका अवधि घट्दै जाँदा दलहरु निर्वाचन प्रचार प्रसारमा ब्यस्त छन् । भोली मध्यरात देखि मौन अवधि शुरु हुने भएपछि पर्वतमा एकै दिन ३ वटा चुनावी कोण सभा सम्बोधन गर्दै एमाले नेता तथा सांसद पदम गिरीले आफ्ना उमेदवारको पक्षमा मत मागेका छन् ।

एमाले केन्द्रिय सदस्य समेत रहेका गिरी फलेवास नगरपालिका वडा न १ कार्किनेटा र पाङराङमा आयोजीत चुनावी सभालाई सम्बोधन गरे । उनले कार्किनेटा कम्युनिष्टको पर्वत जिल्लामा उद्गम स्थल भएका कारण कम्युनिष्टका उमेदवारलाई भारी मत दिन अनुरोध गरे । उनले फलेवास नगरपालिकाको विकासका लागि संस्थापक मेयर तथा उपमेयरले धेरै राम्रो काम गरेका कारण पुनः एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।

फलेवास ११ पाङराङमा आयोजीत चुनावी सभामा कांग्रेस र माओवादी केन्द्रका ६८ जनालाई पाटी प्रवेश गराउँदै गिरीले भने राष्ट्रियता र जनजीविकाको पक्षमा काम गर्ने एमाले पाटी मात्र भएका कारण अरुले चुनाव नजित्ने दावी गरे ।

उनले देश विकासको एक मात्र पाटी एमाले रहेको भन्दै विहादी गाउँपालिका वडा न १ बाच्छामा आयोजीत चुनावी सभामा एमालेले गरेको विकास आँगन अघि रहेको बताए । कालोपत्रे हुँदै गरेको कालीगण्डकी लोकमार्ग देखाउँदै उनले देशको विकास गर्न एमाले चाहिने मत भने अरु पाटीले माग्ने गरेको भन्दै दुःख ब्यक्त गरे ।
सम्बृद्ध नेपालको परिकल्पना एमालेसंग मात्र रहेको सांसद गिरीको भनाई थियो ।

सोहि चुनावी सभाहरुमा एमाले अध्यक्ष राजुप्रसाद पौडेलले पनि सम्बोधन गरेका थिए । पौडेलले एमालेले बाहेक अरु दलले मत माग्न मतदातासंग आउने कुनै एजेण्डा नै नभएको जिकिर गरे । केपी ओलीले कोरेको सम्बृद्ध नेपालको परिकल्पना पुरा गर्न एमालेले ३ वटै तहको निर्वाचन जित्न आवश्यक रहेको उनले बताए ।
अध्यक्ष पौडेलले देश भर एमालेको पक्षमा जनलहर आएको भन्दै अव वैशाख ३० गते एमालेका सवै उमेदवारलाई मतदाताले अनुमोदन गर्ने बताए ।