१७ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन भनिए पनि पर्वतमा २ दलको मात्र गठबन्धन बनेको छ । कांग्रेस र माओवादी केन्द्रले मात्र गठबन्धन गरेर बाँकी दललाई पाखा लगाएका छन् । एमाले विरुद्धको मोर्चा बन्दी गरेका ५ दलहरु मध्ये कांग्रेस र माओवादी बाहेकका दलहरु गठबन्धनबाट बाहिरिएका छन् ।
पूर्व सहमती कांग्रेस र माओवादीले उल्लघन गरी सिट बाँडफाँडमा हेला गरेको एकिकृत समाजवाद, जसपा र जनमोर्चाका नेताहरु ठम्माई छ । उनीहरुले ठूला २ दलले आफ्नो पाटीलाई पाखा लगाएको भन्दै आक्रोसित बनेका छन् । यद्यपि उनीहरुले गठबन्धन भंग भएको घोषणा गर्न सकेका छैनन् । एक्लै निर्वाचन लड्न सक्ने तागद पनि नहुने र गठबन्धनले विश्वास गरेर न्यायोचित सिट नदिँदा उनीहरु वीच बाटोमा अलपत्र परेका छन् ।
एकिकृत समाजवादीले अन्तिसम्म पनि केहि वडाहरुमा सदस्य र केहि वडामा अध्यक्ष पाउने आशा गरेको थियो । शुक्रबार मनोनयन फिर्ताको दिनसम्म पनि ठूला दलले आफूलाई मिलाउने आश गरेका समाजवादीले अन्ततः धोका पाएको छ । कुश्मा नगरपालिकाको वडा न ६ र वडा १४ आर्थरमा वडा अध्यक्षको दावा गरे पनि कांग्रेसले उक्त प्रस्ताव अस्विकार गरेको छ ।
समाजवादीले कुश्मा नगरपालिकाको उपप्रमुख समेत आशा गरेको थियो । उपप्रमुखमा प्रेम गुरुङलाई उमेदवार बनाएको समाजवादीले आफ्नो उमेदवारी कायम राखेको छ । वडा न ६ बाट दिपुबाबु गिरी भने उमेदवारको दौडबाट बाहिरीएका छन् । वडा न १४ मा समाजवादीले भिम गुरुङको उमेदवारी कायम राखेको छ भने जलजलामा र पैयू समेत उमेदावरी फिर्ता नभएको समाजवादीका नेताहरु बताउँछन् ।
समाजवादीले आफ्नो प्रभाव रहेको भनेर दावा गरेको फलेवास नगरपालिकामा पनि २ दलले समाजवादीलाई कुनै भाग दिएनन् ।
गठबन्धनमा धोका भएपछि अवको रणनीति कस्तो बनाउने भन्नेमा समाजवादीका नेताहरु छलफलमा जुटेको श्रोत बताउँछ ।




