१७ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा २४ जना उमेदवारले उमेदवारी फिर्ता गरेका छन् । कुश्मा नगरपालिका भित्रका विभिन्न पदमा उमेदवार बनेका २४ जनाको उमेदवारी फिर्ता भएको हो । निर्वाचन आयोगले वैशाख १६ गते उमेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगको समय सिमय भित्र कुश्मा नगरपालिका भित्रका २४ जनाले उमेदवारी फिर्ता गरेका हुन् ।
नगरपालिकाको प्रमुख पदका उमेदवार गंगाधर पौडेल र बाबुराम केसीले स्वतन्त्रबाट उमेदवारी फिर्ता गरेका छन् । उपप्रमुख पदमा भने उमेदवारी फिर्ता भएको छैन् ।
उमेदवार फिर्ता लिने वडाअध्यक्षका उमेदवाहरुमा स्वतन्त्र उमेदवार गणेश पौडेल कुश्मा २, स्वतन्त्र उमेदवार राजकुमार गुरुङ कुश्मा ३, स्वतन्त्र उमेदवार मिनाकुमारी कर्माचार्य कुश्मा ४, एकिकृत समाजवादीका दिपुवाबु गिरी कुश्मा ६, जनता समाजवादीका रामचन्द्र उपाध्याय कुश्मा ८, जनता समाजवादीका सुनिल पौडेल कुश्मा ११ र कुश्मा १२ स्वतन्त्र उमेदवार ओमबहादुर कुँवरले उमेदवारी फिर्ता लिएका छन् ।
अन्य बाँकी सदस्यहरुले समेत उमेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




