Print

वडा तहमा भोट माग्ने फरक शैली, दुर्लुङको विकास समेटिएको गीत सार्वजनिक (भिडियो सहित)

४ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राजनैतिक दलहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । कतिपय ठाउँमा सर्वसहमत उमेदवार टुंगिए पनि उमेदवारी अझै सवै ठाउँमा टुंगो लागेको छैन् । सत्ता गठबन्धन र नेकपा एमाले वीच हुने निर्वाचनको प्रतिस्पर्धामा दलहरुले प्रचार प्रसारको नयाँ नयाँ शैली अपनाउन थालेका छन् ।

कुश्मा नगरपालिका वडा न ३ नेकपा एमालेले २०७४ सालमा निर्वाचन जितेको वडा हो । उक्त वडामा यो अवधिमा भएका विकास निर्माणको कामहरु समेटेर एमाले प्रदेश कमिटि सदस्य लक्षमण गिरीको परिकल्पनामा दुर्लुङको विकास नामक गीत सार्वजनक भएको छ । कुलेन्द्र विश्वकर्मा र देवी घर्ति मगरको आवाजमा तयार भएको उक्त गीतमा विनोद पराजुलीले संगीत भरेका छन् ।

कुश्मा नगरपालिका भित्र विकास तिव्र गतिमा अघि बढेको दुर्लुङमा वितेको ५ बर्षमय सडक सञ्जाल, खानेपानी तथा अन्य पूर्वाधारमा विकासको नमुना योग्य कामहरु भएका छन् । बाँकी योजनाहरुको विवरण समेत उल्लेख गरी नेकपा एमाले वडा कमिटिले उक्त गीत सार्वजनिक गरेको हो ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा उमेदवारहरु गीत मार्फत आफ्नो पाटीको नेतृत्वमा भएका विकास निर्माणका कामहरु लिएर मत माग्न गीत मार्फत नै घरदैलो गर्ने भएका छन् ।

भिडियो