२९ चैत, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले जनतासंग भोट माग्नको लागि गठबन्धनसंग कुनै पनि एजेण्डा नभएको बताएका छन् । पर्वतको विहादी गाउँपालिकामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद गिरीले एजेण्डा नै नभएको गठबन्धनले जनतासंग गएर मत माग्न नहुने बताएका हुन् ।
‘संविधान जोगाउन हामीलाई भोट दिनुहोस् भन्ने एजेण्डा बाहेक गठबन्धनसंग कुनै एजेण्डा छैन’ सांसद गिरीले भने–‘देशको विकास, जनताको सम्बृद्धि र राष्ट्र निर्माणको कुनै परिकल्पना गठबन्धनसंग छैन ।’ आफन्तहरुलाई मन्त्री बनाउने, राजदुत बनाउने र नियुक्ती खुवाउने बाहेकका कुनै पनि एजेण्डा र विषय गठबन्धनसंग नभएका सांसद गिरीको भनाई छ ।

एमालेले भने यो अवधिमा देश र राष्ट्रका लागि गरेका महत्वपूर्ण कामका चाङहरु रहेकाले ति एजेण्डा लिएर निर्वाचनमा जाने गिरीले बताए । आर्थिक विकास, शुशासन, सम्बृद्धि र राष्ट्रियता एमालेका महत्वपूर्ण एजेण्डा रहेको गिरीको भनाई छ । उनले सम्बृद्ध नेपाल खुशी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि पनि एमालेले भोट माग्ने अधिकार रहेको बताए ।
ओली सरकारको पालमा जेष्ठ नागरिक देखि, असाह्य, अपांगको क्षेत्रमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै गरिब जनताको खरको छाना विस्थापीत देखि घरबार विहिनलाई घरबास बनाउने काम यो अवधिको मूल्य उपलब्धिमूलक काम रहेको उनले बताए ।
सडक यातायात, रेल यातायात र हवाई यातायातको क्षेत्रमा समेत ओली सरकारले महत्वपूर्ण काम गरेको भन्दै उनले देश निर्माण गर्ने एक मात्र शक्ति एमाले नै रहेको जिकिर गरे ।
आजै गिरीले नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित विहादी गाउँपालिका वडा न २ का वडा सदस्य डोलिन्द्र गिरीलाई एमालेमा प्रवेश गराएका थिए ।




