२९ चैत, पर्वत । नेकपा एमालेले पर्वत जिल्लामा उमेदवार चयनको प्रक्रिया शुरु गरेको छ । प्रदेश कमिटिको निर्देशन बमोजीम एमालेले उमेदवार चयनको प्रक्रिया शुरु गरेको हो । प्रदेश कमिटिले आगामी वैशाख ३ गते भित्र सवै उमेदवार चयन प्रक्रिया सकेर प्रदेशमा पालिकाहरुको उमेदवारको नामावली पठाउन निर्देश गरेको छ ।

पर्वत जिल्ला भित्र प्रदेश कमिटिको निर्णय बमोजीम जिल्ला भरका सवै वडाहरुमा उमेदवारको चयन प्रक्रिया शुरु भएको एमालेले जनाएको छ । जिल्ला भित्रका ६१ वडाहरुमा एमालेले वडा कमिटिको वैठक मार्फत उमेदवार चयनको प्रक्रिया शुरु गरेको हो ।
वडा अध्यक्ष र बाँकी ४ सदस्यहरु वीच उमेदवार चयन प्रक्रियामा केहि ठाउँमा मात्र सर्वसहमत भएको र अधिकांश ठाउँहरुमा उमेदवारहरुका आकांक्षीहरुको लर्को लागेको छ । एक पदका लागि डेढ दर्जनसम्मका आकाक्षीहरु देखिएको एमाले श्रोतले जनाएको छ ।
केहि वडाहरुमा भने सर्वसहमत नाम टुंगिएका छन् । एमालेले वडाहरुको छलफल सके पछि पालिका स्तरीय वैठकबाट पालिका प्रमुख तथा उपप्रमुखहरुको उमेदवार चयनको प्रक्रिया शुरु गर्नेछ ।




