२ चैत, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ३ शंकरपोखरीमा निर्माण भएको वडा कार्यालयको उद्घाटन गरिएको छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

वडा कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख शर्माले नगरपालिकाको सम्बृद्धिका लागि केहि पाइला अघि बढेको बताए । उनले सम्बृद्ध नगर बनाउने र नगरबासीलाई सुखी र खुशी बनाउने अभियान निरन्तर चलिरहेको समेत दावी गरे ।
कार्यक्रममा नेकपा एमालेका वैगुन्ठ भुषाल, नेपाली कांग्रेसका गंगाधर तिवारी, माओवादी केन्द्रका कमलप्रसाद भुषाल, वडा न ८ का वडा अध्यक्ष मनबहादुर कुँवर, वडा न २ का वडा अध्यक्ष गंगानारायण श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वडा न ३ का वडाअध्यक्ष अर्जुन केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




