२५ फागुन, पर्वत । अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १ सय १२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कुश्मा बजारमा अनेमसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदानमामा ६१ जनाले रक्तदान गरेको कमिटीका कोषध्यक्ष सिता गिरीले जानकारी दिइन्
रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला संघका अध्यक्ष अम्बिका शर्मा पौडेलले बताईन । उनले महिलाले चाहे जस्तो सुकै काम पनि गर्न सक्छन् भन्ने उदारहण समेत यस कार्यक्रमबाट दिएको बताईन।




