Print

जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष महत एमालेमा

१६ फागुन, बागलुङ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित ढोरपाटन नगरपालिकाका वडा अध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ ।

ढोरपाटन नगरपालिका वडा नं २ मा राष्ट्रिय जनमोर्चा परित्याग गरी जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष युवराज महत सहितका नेता तथा कार्यक्रर्ता सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार बुर्तिबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडा अध्यक्ष सहित उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदय तुल्सिराम अर्याल, प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपाली, प्रदेश सदस्य दधिराम अर्याल लगाएतले स्वागत गर्नुभएको हो ।

सो अवसरमा बोल्दै एमालेमा प्रवेश गर्नुभएको वडा अध्यक्ष महतले वडाका जनताको चाहाना अनुसार आफुले एमाले रोजेको बताउनुभयो । उहाँले एमालेनै जनताले रोजेको पार्टी भएको भन्दै आफू एमाले प्रवेश गरेको बताउनुभयो ।