Print

सांसद गिरीद्धारा निर्माणधिन सडक आयोजनाको अनुगमन

१६ फागुन, पर्वत । संघीय सांसद पदम गिरीद्धारा निर्माणधिन ग्रामीण सडकहरुको अनुगमन गरेका छन् । आफ्नो कार्यकालमा मुख्य सडक कालोपत्रे योजना अघि सारेका गिरीले संघीय सरकारद्धारा निर्माणधिन ग्रामीण सडकहरुको अनुगमन कार्यको शुरुवात गरेका हुन् । कतिपय आयोजनाहरुको बजेट वर्तमान सरकारले कटौती गरेपछि निर्माण कार्य प्रभावित भएका ग्रामीण सडकहरुबाट गुनासोहरु आउने गरेको र निर्माण कार्य पनि कतिपय स्थानमा धिमा गतिमा भएको जानकारी पाएपछि गिरीले सडकहरुको अनुगमन गरेका हुन् ।

सोमबार गिरीले निर्माणधिन छमर्के खुर्कोट कोटगाउँ सडकको अनुगमन गरेका ह्ुन् । संघीय सरकारबाट २ करोड रुपैंया विनियोजन भई अहिले निर्माणको चरणमा रहेको उक्त सडकको गिरी सहित नेकपा एमालेका जिल्ला सचिवालय सदस्यहरु इश्वर गिरी, शेषराज रेग्मी, जिल्ला सदस्यहरु केदारनाथ शर्मा, सुवासचन्द्र पौडेल, महेन्द्र जोशी, नगर कमिटि सचिव गणेश पौडेल सहितका नेताहरुले अनुगमन गरेका हुन् ।

अनुगमन पछि सांसद गिरीले विनियोजीत बजेटको काम समयमै सकिनुपर्ने र बाँकी कामका लागि थप रकमको ब्यवस्थापनमा आफूले पहल गर्ने जानकारी दिए । उनले जिल्लाका मुख्य सडक कालोपत्रे गर्ने योजना अघि बढिरहेको स्मरण गर्दै केहि सडकमा भने ठेक्का लगाउने काम वर्तमान सरकारले ढिला गरेको बताए । जिल्लामा एक दर्जन बढि सडकहरुमा कालोपत्रेको काम भईरहेको छ ।