Print

मोदी गाउँपालिकालाई कोभिड खोपयुक्त पालिका बनाउने तयारी

१६ फागुन, पर्वत । २४ औ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा मोदी गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय पर्वतको सहजीकरणमा १ दिने कोभिड १९ बिरुद्धको पूर्ण खोप युक्त गाउँपालिका घोषणाको लागि पूर्व तयारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मोदी गाउँपालिकाले नितान्त फरक र कोभिड १९ को खोपको सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख, मोदी गाउँपालिकाका स्वास्थ्य संस्थाका प्रमुख ज्युहरु, ८ ओटै वडाका ७४ जना महिलाा स्वास्थ्य स्वयमसेविका लगाएत सरोकारवाला हरु संग आज पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले अध्यक्षता र संचालन स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारी, स्वागत प्रकाश चन्द्र सुबेदीले गरेका थिए । सहभागीहरु मध्ये बाट स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, उपाध्यक्ष सेती महत लगाएतले आफ्नो मन्तब्य राखेकी थिइन भने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

छलफल कार्यक्रमले विभिन्न निष्कर्षका आधारमा पूर्ण कोभिड खोप युक्त गाउँपालिका घोषणा कार्यविधि निर्माण गरि कोभिड खोप लगाउन योग्य सबै जनतालाई चाडो भन्दा चाडो खोप लगाउन अभियान संचालन गर्ने निर्णय गरेको छ ।