१५ फागुन, पर्वत । अमेरिकी सहयोग कार्यक्रम अन्र्तगतको एमसिसि परियोजना संसदबाट पास गर्ने माओवादीको निर्णय विरुद्ध पर्वतका माओवादी नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् । पाटीको आधाकारिक र संस्थागत निर्णय तल्याउँदै प्रचण्डले एमसिसि सदनबाट पास गर्ने निर्णय गरेसंगै माओवादी निकट नेता तथा कार्यकर्ताले उक्त पाटी छोडेको घोषणा गरेका हुन् ।
यस अघि एमसिसिको विपक्षमा रहेको माओवादीले सत्तामा रहिरहनकै लागि कांग्रेसको पछि लागेर एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णयको विरुद्धमा कार्यकर्ता देखिएका हुन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले अव माओवादी पनि राष्ट्रघाति पाटीको रुपमा आफूलाई दर्ज गरेको भन्दै पाटीको निर्णयका कारण पाटीबाट अलग रहेको घोषणा गरेका छन् ।
यस्तो घोषणा गर्नेहरुमा माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर समेत रहेका छन् । एमसिसिका पक्षमा पाटीले निर्णय गरे आफू उक्त पाटीबाट अलग हुने कुँवरले यस अघि नै निर्णय गरीसकेका छन् । माओवादी पाटी भित्र राष्ट्रबादी शालिन नेताको रुपमा परिचित कुँवरले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराएका हुन् ।
यसैगरी पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।
आज मात्रै नेपाली कांग्रेस पाटीले एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसका मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुद दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढि कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।




