१५ फागुन, पर्वत । पर्वतको मोदी गाउँपालिकाका नेपाली कांग्रेसका नेता यदु गौतम नेकपा(एमाले)मा प्रबेश गरेका छन । नेकपा(एमाले) पर्वतको जिल्ला कमिटीको बैठक उद्घाटन कार्यक्रममा गौतम एमालेमा प्रबेश गरेका हुन । नेता गौतमलाई नेकपा(एमाले)का उपमहासचिब तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग र नेकपा(एमाले)की सचिब तथा गण्डकी प्रदेश इन्र्चाज पदमा अर्यालले टिका तथा खादा लगाएर स्वागत गर्नुभयो ।
नवप्रबेशी गौतम नेपाली कांग्रेसको हालै सम्पन्न मोदी गाउँपालिका कार्यसमितिको उपसभापति पदका उमेदवार हुन । उनी तरुणदल मोदी गाउँपालिकाका सहसचिब तथा लामो समय मोदी ७ राम्जाको तरुणदलका अध्यक्ष समेत थिए ।

त्यसैगरी तरुणदल मोदीकै सदस्य डम्बरबहादुर नेपाली सहित शान्ति गौतम र मैया गौतम पनि एमालेमा प्रबेश गरेका छन ।




