१५ फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा ८ दोविल्लामा कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ बर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
प्रहरी प्रमुख बुढाथोकीका अनुसार बागलुङबाट पोखरा जाँदै गरेको बा १० च ४३७२ नम्बरको नीजि कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकै परिवारका अन्य ३ जना पनि घाइते भएका छन् ।
घाइते हुनेहरुमा लिलावती कोइराला, सुशिला दवाडी कोइराला रहेका छन् । दुर्घटनामा परी चालक अर्जुन कोइराला समेत घाइते भएका छन् । उनीहरु सवै जना एकै परिवारका हुन् । कार मध्य पहाडी सडकबाट केहि मिटर तल खसेको छ । प्रहरी प्रमुख बुढाथोकीका अनुसार घाइतेहरुको उपचार पर्वत अस्पतालमा भइरहेको छ ।
दुर्घटनामा पर्नेहरु स्याङजा जिल्लाको पुलतीबजार नगरपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।




