१५ फागुन, पर्वत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रचन्ड र माधब नेपाल दुनियाँको अघि बद्नाम भएर नांगिएको टिप्पणी गरेका छन् ।
एमाले पर्वतको तेस्रो जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले एमसिसिको बिषयमा कार्यकर्तालााइ आन्दोलन गर्ने लगाएर पाटिले छेपारो शैलिमा रंग फेरेका कारण प्रचन्ड माधव नेपाल दुनियाँका सामु नाङ्गो भएको टिप्पणी गरेका हुन् ।
गठबंधनले पटक पटक बोलि फेरेको भन्दै गुरुङले प्रचन्डलाई छेपारोको संग्या दिए । प्रचन्डको अस्थिर मानसिकताका कारण माओवादी पाटि बिसर्जनको बाटोमा गएको उनको भनाइ छ ।
देशलाइ सधैं अस्थिर बनाउने प्रचन्डका कार्यकर्ता अब माओवादीमा नरहने भन्दै उनले प्रचन्डको आलोचना गरेका छन् ।




