Print

कुश्माको जीपलाईनमा आन्तरीक पर्यटकको आकर्षण : ८० बर्षिया जोडीले दिए जीप लाईनको मजा

१५ फागुन, पर्वत । कुश्मा र बागलुङ स्थित कालीगण्डकी नदीमा ‘जिपलाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । यही पौष महिनाको अन्त्य देखि सञ्चालनमा आएको जिपलाईनमा कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय जिपलाईनको मजा लिन युवा, बयस्क देखि वृद्धवृद्धा समेत यहाँ आउने गरेको सञ्चालक राजकुमार बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार शुक्रबार ८० वर्षका जोडीले जिपलाइन गरेका छन् । काठमाडौँबाट पर्वत आईपुगेको जोडिले बैवाहिक बर्षगाठँको अबसर पारेर जिपलाईनको मजा लिएका हुन् । ८१ बर्षका इश्वर प्रधान र उहाँकी श्रीमती ७५ बर्षिय मदनकुमारी प्रधानले जिपलाइन गरेको बस्नेतले बताउनुभयो ।

‘उमेरले कुनै पनि साहासी खेल खेल्न रोक्दैन्, हामी युवाहुदाँ यस्ता खालका खेलहरु खेल्ने कुनै स्रोत साधान थिएनन्, अहिले विकासले नेपालमा विभिन्नि खालका खेलहरु आएका छन्,’ जिपलाइन गरेपछि इश्वर प्रधान भन्नुहुन्छ ‘त्यसमाथी पनि मलाई खेल्नै मन लागेको जिपलाइनको आज अनुभव गर्न पाए ।’ उहाँले समय–समयमा उमेर पुगेकाहरुले पनि यस्ताखालका साहसिक खेलहरुको अनुभव लिनु पर्दछ भेन्ने हिसाबले आफूहरु जिपलाइन गर्न आएको प्रधान बताउनु हुन्छ । प्रर्यटन प्रवद्र्धनको लागि सबै उमेरका मानिसहरु लाग्नु पर्ने प्रधानले बताउनुभयो ।

जिपलाइन मार्फत कालिगण्डकी नदी दुई पटक तर्दा निकै रमाइलो लागेको मदन कुमारी बताउनुहुन्छ । श्रीमानले जिपलाइन गर्ने धोको देखाएपछि समय मिलाएर आएको प्रधानले बताउनुभयो । उहाँले घुम्ने खाने र साहासी खेल खेल्नलाई उमेरले नछेक्ने बताउनुभयो । बस्नेतका अनुसार जिपलाइन संचालन गर्दा युवाहरुलाई लक्षित गरेर गराइएता पनि जिपलाइनको संचालनको छाटो समयमा सबै उमेरका मानिसहरुले जिपलाइन गर्न आएको बताउनुभयो । जिपलाइनमा कोरोनाको महामारीले गर्दा आहिले आन्तारीक पर्यटकै घुइचो बढी भएको बस्नेत बताउनुहुन्छ ।

पर्वतका ७ जना युवाहरुले गत पैष २४ गतेदेखि सामुहिक रुपमा जिपलाइन सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायी सुनिल बानियाँ, राजकुमार बस्नेत, रामचन्द्र जोशी, विदुर पौड्याल, सागर जोशी, सूर्यबहादुर क्षेत्री र नरेन्द्र केसीले हार्नेस जिपलाइन एण्ड एडभेन्चर्स रिसोर्ट कम्पनी मार्फत विश्वकै दोस्रो लामो जिपलाइन सञ्चालनमा ल्याएको दाबी गर्छन् ।