११ फागुन, पर्वत । नेकपा एमाले पर्वतले चुनाव केन्द्रित अभियानको शुरुवात गरेको छ । एमालेले जिल्ला अधिवेशन पछि निर्माण गरेको नयाँ नेतृत्वले धमाधम टोल कमिटिहरु र वडास्तरीय जनसंगठनहरुको गठनको अभियान नै सञ्चालन गरेको हो ।
एमाले जिल्ला कमिटिले दिएको जानकारी अनुसार ७ पालिकामा अधिवेशन सम्पन्न भएका छन् भने ६० वटा वडामा वडा कमिटिको गठन भईसकेको छ । वडा कमिटि गठन भएका वडाहरुमा टोल कमिटिहरु र जनवर्गिय संगठनहरुको गठन अभियान चलेको छ ।
एमालेले आगामी स्थानीय तह लक्षित गरी वड भेलाहरु गर्दै कार्यकर्तालाई प्रशिक्षण अभियानहरु समेतको शुरुवात गरेको छ । वडा भेलाहरुमा आगामी निर्वाचनमा एमालेल निर्वाचन जित्ने आधारहरु प्रस्तुत गर्दै कार्यकर्ताहरुलाई निर्वाचनमा होमिन समेत एमालेले आग्रह गरेको छ ।
पर्वत जिल्लाका सवै जसो वडाहरुमा वडा भेलाहरु सम्पन्न भएको र अझै केहि वडाहरुमा फागुन मसान्तसम्म वडा भेला सम्पन्न गर्ने गरी एमालेले अभियान बनाएको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए । निर्वाचनमा एमालेले विजय हासिल गर्ने आधारहरु प्रस्तुत गर्दै यति बेला एमालेका नेताहरु गाउँ अभियानमा सक्रिय छन् ।
यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेले ४ स्थानीय तहका प्रमुख र उपप्रमुख सहित ३७ वटा वडाहरुमा विजयी हासिल गरेको थियो । बहुमत स्थानीय तह जितेको एमालेले जिल्ला समन्वय समितिका सवै पदाधिकारी समेत जितेको थियो ।
पछिल्लो अधिवेशनबाट नयाँ कार्य समिति बनेसंगै एमालेले सांगठनिक रुपमा थप गतिशिल बनेको छ ।




