२ माघ, पर्वत । प्रतिनिधि सभामा सांसद तथा एमाले केन्द्रीय सदस्य पदम गिरीले सरकार चुनाव नगराउने खेलमा लगेको आरोप लगाएका छन् । सरकारले चुनाव भाड्ने योजना सहित महाअभियोगको खेलमा लागेको गिरीले आरोप लगाएका हुन् ।
एमाले कुश्मा नगरपालिका वडा न ५ को वडा कार्यालयको उद्घाटन गर्दै नेता गिरीले स्वतन्त्र न्यायपालिका माथि हस्तक्षेप गरेर सरकारले आफ्नो नाङ्गो चरित्र प्रस्तुत गरेको आरोप लगाए । माधव नेपालले बनाएको अबैध पाटिलाई न्यायपालिकाले अबैध घोषणा गर्ने डरले गठबन्धन सरकारले यस्तो कदम चालेको गिरीको कथन छ ।
उनले वर्तमान सरकार निर्वाचनबाट भाग्न नसक्ने भन्दै तोकिएको मितिमा निर्वाचन जसरी पनि हुनुपर्ने गिरीको भनाई छ । निर्वाचनमा एमालेले जित्ने निश्चित भएपछि गठबन्धन निर्वाचनबाट भाग्न लागेको बताएका छन् ।




