Print

पर्वत अस्पतालमा आकस्मीक बाहेकका सेवा बन्द

७ माघ, पर्वत । कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीहरु समेत संक्रमीत भएपछि पर्वत अस्पतालको बहिरंग सेवा बन्द गरिएको छ । अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डन डा. धनबहादुर क्षेत्रीले आज एक सुचना जारी गर्दै स्वास्थ्यकर्मीको अभावका कारण आकस्मीक बाहेकका सेवा बन्द गरिएको जानकारी गराएका छन् ।

कोरोना संक्रमणका कारण परिक्षण गरिएका मध्ये ७२ प्रतिशतमा अहिले पर्वत अस्पतालमा पोजेटिभ विरामीहरु भेटिएका छन् । विरामीको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु समेत संक्रमीत भएको र सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको अभाव भएका कारण बहिरंग सेवा बन्द गरिएको डाक्टर क्षेत्रीले उल्लेख गरेका छन् ।

ज्वरोका विरामीका लागि सञ्चालन हुने क्लिनिक र इमेरेन्जी सेवा भने २४ सै घण्टा खुल्ला रहनेछ । आगामी माघ १४ गतेसम्मका लागि अस्पतालले आकस्मीक बाहेकका सेवा बन्द गरेको हो ।